सुष्मा लामाको हत्या आरोपमा एक पुरुष पक्राउ

डिसी नेपाल
४ चैत २०८० १०:१७
724
Shares

काठमाडौं। गोकर्णेश्वर नगरपािलका तारेभिरमा शव गाडिएको अवस्थामा फेला परेकी सुष्मा लामा हत्या आशंकामा एक व्यक्ति पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको भएपनि उनलाई सार्वजनिक गरेको छैन।

गत फागुन २५ गते प्रहरीले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ तारेभीरभन्दा माथि शिवपुरी राष्ट्रिय निकुञ्ज जंगलमा गाडिएको अवस्थामा १८ वर्षीया सुष्माको शव फेला पारेको थियो।

गत फागुन २४ गते राति शरीर गाडिएको र दुईवटा हात मात्रै देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले उनको हत्या भएको आशंकमा अनुन्धान शुरु गरेको थियो।

उनी केही समय काठमाडौंबाट हराएकी थिइन्। कक्षा १२ मा अध्ययनरत सुस्मा लामा माघ २२ गतेदेखि सम्पर्कविहीन भएकी थिइन्।

उनको शव फागुन २५ गते तारेभिरको जंगलमा हात खुट्टा बाँधिएको अवस्थामा एक महिनापछि फेला परेको थियो। लामा तारेभिरकै स्थानीय बासिन्दा हुन्। १८ वर्षीय लामाको शव भेटिएको ठाउँको प्रकृति हेर्दा शंकास्पद देखिएपछि प्रहरीले सोधपुछ तथा प्राविधिक जाँच थालेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *