महोत्तरीका वन अधिकृतसहित २४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महोत्तरीका तत्कालीन डिभिजन वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
आइतबार आयोगले २४ जनाविरूद्ध ११ लाख ९६ हजार ६९५ रुपैंयाँबराबरको सरकारी सम्पत्ति हानी नोक्सानी पु र्याएको अभियोग लगाउँदै विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो।
उनीविरूद्ध ११ लाख ९६ हजार ६९५ रुपैयाँ विगो माग दावी गरेको अख्तियारले आरोप पत्रमा उल्लेख गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment