न्युजिल्यान्ड पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

डिसी नेपाल
४ चैत २०८० २१:३३
168
Shares

काठमाडौं। वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा झापाको मेचिनगर नगरपालिका–१० घर भई हाल काठमाडौं मैतिदेवी बस्ने वर्ष २७ को समित भट्टराई रहेका छन्।

समितले पदम बहादुर बुढालाई वैदेशिक रोजगारीको लागि न्युजिल्यान्ड पठाइदिन्छु, त्यसको लागि १४ लाख रुपैयाँ लाग्छ, न्युजिल्यान्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक २ लाख ५० हजार रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेको प्रहरीले जनाएको छ।

पीडितबाट पटक पटक गरी जम्मा ४ लाख रुपैयाँ रकम लिई  सम्पर्कविहीन भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले चैत २ गते मिनभवनबाट पक्राउ गरेको हो।

भट्टराईमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, पठाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *