सुनको मूल्य प्रतितोला सात सयले बढ्यो

डिसी नेपाल
६ चैत २०८० ११:१३
124
Shares

काठमाडौं। स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला सात सयले बृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २५ हजार दुई सय कायम भएको छ। सोमबार छापावाला सुन प्रतितोला एक लाख २४ हजार पाँच सयमा कारोबार भएको थियो।

यस्तै, तेजावी सुन पनि प्रतितोला  सात सयले बृद्धि भएको छ। महासंघले आजका लागि तेजावी सुन प्रतितोला एक लाख २४ हजार छ सय कायम गरेको छ। सोमबार तेजावी सुन प्रतितोला एक लाख २३ हजार नौ सय मूल्यमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्यमा सामान्य बृद्धि भएको छ। सोमबार प्रतितोला एक हजार पाँच सय २० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार पाँच सय २५ निर्धारण भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *