विश्व खुसी प्रतिवेदनमा नेपाल ९३औं स्थानमा
काठमाडौं। विश्व खुसी प्रतिवेदनले नेपाल संसारको सबैभन्दा खुसी हुने देशको ९३औं स्थानमा रहेको देखाएको छ। विश्व खुसी प्रतिवेदन, २०२४ अनुसार एक सय ४३ देशहरुमध्ये खुसीको सूचांकमा नेपालले ९३औं स्थान प्राप्त गरेको हो।
उक्त प्रतिवेदनअनुसार उक्त सूचीको पहिलो स्थानमा फिनल्याण्ड छ। फिनल्याण्ड लगातार सात वर्षदेखि शीर्ष स्थानमा रहँदै आएको छ। फिनल्याण्डपछि प्रमुख देशमा डेनमार्क, आइसल्याण्ड, स्वीडेन, इजरायल, नेदरल्याण्ड, नर्वे, लक्जमवर्ग, स्वीजरल्याण्ड र अस्ट्रेलिया छन्। प्रतिवेदनले ३० वर्षमुनि उमेर समूहमा खुसी हुने स्थानमा भने नेपाल ९२औं स्थानमा छ।
उक्त प्रतिवेदन गलुप, अक्सफोर्ड विश्वविद्यालय, वेलबिइङ रिसर्च सेन्टर, संयुक्त राष्ट्रसंघ दिगो विकास सोलुसन नेटवर्क र डब्लुएचआर्स एडिटोरियल बोर्डले प्रकाशन गरेको हो।
मुख्यत जीवन मूल्यांकनका प्रश्न उत्तरलाई आधार मानी प्रतिवेदन तयार पारिएको जनाइएको छ। उत्तरदाताहरुलाई आफ्नो जीवनशैलीलाई राम्रोदेखि खराबसम्मको शून्यदेखि १० नम्बरबीच अंक दिने गरी प्रश्न सोधिएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment