सकुशल भेटिइन् मेयर गोपाल हमालकी छोरी
काठमाडौं। धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन्। हमालले छोरी आरती सकुशल भेटिएको जानकारी दिएका छन्।
उनले भनेका छन्- ‘सबैको खोजीको प्रयासले मेरी जेठो छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको सम्पूर्ण शुभचिन्तकमा जानकारी गर्दछु। खोजी कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरू, गोवामा बस्नु हुने सहयोगी नेपाली दाजुभाइ दिदीबहिनीहरू सहित सम्पूर्णमा हार्दिक धन्यवादसहित कृतज्ञता व्यक्त गर्दछु । साथै मेरो जेठो छोरी आरती, कान्छी छोरी आर्जु र ज्वाइँसँगै भएको सम्पूर्णमा जानकारी गर्दछु।’
यस अघि नगर प्रमुख हमालले मंगलबार छोरी आरती सम्पर्क बिहिन भएको भन्दै सहयोग मागेका थिए।
नगर प्रमुख हमालकी जेठी छोरी आरती उनी ओशो साधक हुन। ओशो ध्यान गर्न उनी केही महिनादेखि गोवामा बस्दै आएकी थिइन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment