विश्व मौखिक स्वास्थ्य दिसव लागि पेप्सोडेन्ट नेपालकाे सहकार्य

डिसी नेपाल
१४ चैत २०८० १३:१९

काठमाडाैं। मानव शरीरको सम्पूर्ण स्वास्थ्यको लागि दन्त तथा मौखिक स्वास्थ्य र स्वच्छता अपरिहार्य रहेकाे तथ्यलाई पेप्सोडेन्ट नेपालले सधैं दृढताका साथ प्रवर्द्धन गर्दै आएको छ।

यस वर्षकाे विश्व माैखिक स्वास्थ्य दिवस २०२४ को लागि ब्रान्डले विभिन्न समुदायहरूमा मौखिक स्वास्थ्य र स्वच्छतालाई प्रवर्द्धनकाे लागि मार्च महिनाभर विभिन्न गतिविधि सम्पन्न गरेकाे छ।

यस अनुसार स्वस्थ जीवनको लागि आवश्यक विभिन्न उत्पादन प्रदानहरू गर्दै शैक्षिक अभियानद्वारा व्यक्तिगत रूपमा सबैलाई स्वस्थ मुस्कान र दाँतमा असर गर्ने किटाणु विरूद्ध लड्ने पुर्‍याएकाे ब्रान्डले दाबी गरेको छ।

ब्रान्डले “एक एक पाइला” सँगकाे सहकार्यमा नेपालका दुर्गम भेगहरूमा १६ सय जनालाई निशुल्क चिकित्सा सेवा र मौखिक स्वास्थ्य सम्बन्धी शिक्षा प्रदान गरेकाे थियाे।

साथै कातिन्तपुर डेन्टल कलेज तथा शिक्षण अस्पतालको सहयाेगले इन्द्रेश्वर माध्यगमक विद्यालरमा ३४३ जनालाई निशुल्क डेन्टल स्क्रीगनिङ सेवा प्रदान गरिएकाे थियाे ब्रान्डले पेप्सोडेन्ट नमुनाहरु वितरवणा गरी समाजमा मौखिक स्वास्थ्य र हात धुने तरीकाका विषयमा जानकारी दिएकाे थियाे।

२० मार्च , २०२४, विश्व मौखिक स्वास्थ्य दिवसको अवसरमा पेप्सोडेन्ट नेपालले नेपाल डेन्टल एसोसिएशनसँगकाे साझेदारीमा “A Happy Mouth is a Happy Body” नाराको साथ एक दन्त स्वास्थ्य जागरूकता कार्णक्रमको आयाेजना गरेकाे थियाे।

काठमाडौं, भक्तपुर र ललितपुरका १५ स्थानहरुमा आयाेजना गरिएकाे साे कार्यक्रमफे ३५०० सहभागीहरुलाई दन्त तथा मौखिक स्वास्थ्य सम्बन्धी शिक्षा प्रदान गर्दै ब्रान्डले सचेतना बढाउने लक्ष्य राखेकाे थियाे।

७०-८० स्वयं सेवक र १०-२० दन्त कार्यकारी अधिकृतहरू रहेको १०० जनाको टोली सहित यस कार्यक्रमलाई आकर्षक क्रियाकलापमा संलग्न गराइ उनीहरुमा पेप्सोडेन्ट ब्रान्डको सकारात्मक प्रभाव पारेको थियाे।

त्यस बाहेक पेप्सोडेंट नेपालले “Keep Brushing and Keep Smiling” नामक डिजिटल अभियान सुरू गरेकाे थियाे यस अभियानकाे लक्ष्य संगीतकाे धुनमा स्वस्थ जीवनशैलीका लागि मौखिक स्वास्थ्यको दैनिक नियमकाे महत्त्वलाई झल्काउन हरेक व्यक्तिलाई आफ्नो मन पर्ने धुनमा पेप्सोडेन्टले दाँत माँझ्दै रमाउँदै नाच्न प्रेरित गर्नु थियाे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *