डलरको मूल्य बढ्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति?
काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
त्यस्तै, अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर ३३ रुपैयाँ ७० पैसा रहेको छ। आज युरो एकको खरिद दर १४४ रुपैयाँ १९ पैसा र बिक्री दर १४४ रुपैयाँ ८४ पैसा रहेको छ।
आज बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ १९ पैसा र बिक्री दर १६८ रुपैयाँ ९४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment