गरिमा विकास बैंकको सिईओमा उपाध्याय नियुक्त
काठमाडौं। गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन्। बुधबार बसेको बसेको बैंकको सञ्चालक समितिको बैठकले उपाध्यायलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।
यसअघि उपाध्यक्ष सोही बैंकमा नायव कार्यकारी अधिकृत पदमा कार्यरत थिए। उपाध्यायलाई वैशाख १ गतेदेखि लागू हुने गरी चार वर्षका लागि सिईओ पदमा नियुक्त भएका हुन्।
व्यवस्थापनमा स्नातकोत्तर गरेकान उपाध्याय गरिमा विकास बैंकमा संस्थापना कालदेखि कार्यरत रहनुका साथै विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए। उनी बैंकिङ क्षेत्रमा प्रवेश गर्नुपूर्व करिब डेढ दशक अध्यापन-प्राध्यापन पेशामा संलग्न थिए।
यस विकास बैंकमा विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गोविन्दप्रसाद ढकालको कार्यकाल २०८० चैत्र मसान्तमा समाप्त हुने भएपछि बैशाख १ गतेदेखि रिक्त हुने प्रमुख कार्यकारी अधिकृत पदमा उपाध्यायलाई सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो।
बैठकले विकास बैंकमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई बिहीबारदेखि लागू हुने गरी विकास बैंकको कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय समेत गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment