नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि
काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेजका अनुसार नेप्से परिसूचक चार दशमलव ७८ अंकले उकालो लागेर दुई हजार ३५ दशमलव ६४ मा पुगेको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३६ ओरालो लागेर तीन सय ५९ दशमलव शून्य नौमा सीमित भएको छ। कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य ओरालो लाग्दा आठ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ।
कुल ६६ लाख १४ हजार चार सय ४५ कित्ता शेयर रु दुई अर्ब ६५ करोड ३३ लाख ४९ हजार चार सय ६८ मूल्यमा कारोबार भएको छ। कारोबारका आधारमा सर्वोत्तम सिमेन्ट शीर्षस्थानमा छ। सो कम्पनीको रु १९ करोड ३७ लाख ६२ हजार आठ सय ६९ बराबरको कारोबार भयो।
त्यस्तै, गुर्खाज फाइनान्स रु १६ करोड १९ लाख ८९ हजार पाँच सय ५८, शिवम् सिमेन्ट रु १५ करोड ३९ लाख ३३ हजार छ सय ४९, सोनापुर मिनरल्स रु ११ करोड १८ लाख ५३ हजार एक सय ६८ र पिपल्स पावर रु सात करोड तीन लाख २३ हजार एक सय ७९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार हिमालयन ऊर्जा विकास कम्पनी १०, सर्वोत्तम सिमेन्ट नौ दशमलव ९६, हिमालयन हाइड्रोपावर आठ दशमलव ७३, सामलिङ पावर कम्पनी आठ दशमलव शून्य सात र पिपल्स पावरका लगानीकर्ताले सात दशमलव ४४ प्रतिशतले कमाएका छन्।
उन्नति सहकार्य लघुवित्त १०, धवलागिरि लघुवित्त १०, हिमालयन बैंकको म्युचुअल फण्ड छ दशमलव ८०, जोशी हाइड्रोपावर तीन दशमलव ३४ र मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले तीन दशमलव २८ प्रतिशतले गुमाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment