मन्त्रीसँगको फोटो देखाएर लाखौं ठग्ने गौरका सोनी पक्राउ

डिसी नेपाल
१७ चैत २०८० १०:२८
208
Shares

रौतहट। देशको बिभिन्न जिल्लामा पुगेर मन्त्री तथा भीआईपीहरु सँगको आफ्नो तस्वीर देखाएर लाखौं रुपैया ठगी गर्दै आएका गौरका एकजना युवक पक्राउ परेका छन्।

त्रिवि शिक्षण अस्पताल काठमाडौं स्थित बिए नर्सिङमा नामाङकन गराउने नाउँमा लाखौँ रुपैयाँ ठगी गरेका रौतहटको सदरमुकाम गौरका पवन कुमार सोनी पक्राउ परेका हुन्।

बहालवाला तथा पूर्वमन्त्रीहरु तथा अन्य भीआईपी सँग आफ्नो फोटो देखाएर भीआईपी कोटामा बिए नर्सिंगमा नामांकन गराउने नाममा लाखौँ ठगेका स्थानिय दुर्गा भगवती गाउँपालिका ६ घर भएर गौर ५ बस्ने राम एकवाल साह सोनारका छोरा ३० बर्षीय पवन कुमार सोनी पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन्।

सोनीले शिक्षण अस्पतालको बिए नर्सिङमा नामाङकन गराउने भनेर डोटी जिल्ला शिखर नगरपालिका ११ का जोगबहादुर बोहराको छोरी बिमला बोहरा सँग आठ लाख १० हजार ३७५ रुपैयाँ ठगेको उजुरीको आधारमा पक्राउ गरिएको प्रवक्ता गिरीले जानकारी दिएकी छिन्।

सोनी लाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिलगढी डोटी पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *