प्रतिनिधि सभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

डिसी नेपाल
२१ चैत २०८० ६:३३
20
Shares

काठमाडौं। संघीय संसदको प्रतिनिधि सभा बैठक आज बस्दैछ। बैठक दिउँसो ११ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ।

आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले “संघीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका छ।

यस्तै, कृषि तथा पशुपंक्षी विकास मन्त्री श्री ज्वालाकुमारी साहले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको “राष्ट्रिय सभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछ।

त्यसैगरी शाहले “राष्ट्रिय सभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको संसद सचिवालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *