नेपालगन्ज कारागारका एकजना कैदीको मृत्यु

डिसी नेपाल
२१ चैत २०८० १६:५६

खजुरा। नेपालगन्ज कारागारका एकजना वृद्ध थुनुवा (कैदी)को मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका–८ का ६६ वर्षीय अब्दुलवारी जोलाहको हृदयघातका कारण मृत्यु भएको कारागारका प्रमुख जेलर अर्जुनजंग शाहले बताए।

उनका अनुसार आज बिहान करिब ४ बजेतिर मृतक जोलाहको एक्कासि छाती दुखेपछि उपचारका लागि तत्काल भेरी अस्पतालमा पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन्।

मृतक जोलाह तीन महिनाअघि जबरर्जस्ती करणी मुद्दामा जिल्ला अदालतद्वारा पूर्पक्षका लागि कारागारमा कैदीको रुपमा रहदै आएका कारागार कार्यालयले जनाएको छ। गत पुस १७ गते मृतक जोलाह पूर्पक्षका लागि कारागार चलान भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *