नेपाली बजारमा सुनको मूल्यको नयाँ कीर्तिमान कायम
काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला एक हजारले वृद्धि भइ हालसम्मकै उच्च मूल्य कायम भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ३३ हजारमा कारोबार भएको छापावाला सुन आज एक हजारले बढेर एक लाख ३४ हजार बराबरको मूल्य निर्धारण भएको छ।
तेजाबी सुन बुधबार प्रतितोला एक लाख ३२ हजार तीन सय ५० मा कारोबार भएकामा आजका लागि भने एक लाख ३३ तीन सय ५० बराबरको मूल्य निर्धारण भएको छ।
चाँदीको मूल्य पनि तोलामा ४० ले वृद्धि भएको छ। बुधबार प्रतितोला रु एक हजार छ सय १० मा कारोबार भएकामा आजका लागि भने रु एक हजार छ सय ५० बराबरको मूल्य निर्धारण भएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment