मन्त्रीहरूले अब आफूले गरेको कामको दैनिक ब्रिफिङ प्रधानमन्त्रीलाई गर्नुपर्ने
काठमाडौं। मन्त्रीहरूले अब आफूले गरेको कामको दैनिक रूपमा ब्रिफिङ प्रधानमन्त्री समक्ष गर्नुपर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रीहरूले दैनिक रूपमा गरेको कामको ब्रिफिङ हरेक दिन बेलुका प्रधानमन्त्रीलाई गर्ने निर्णय गरेको हो।
राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरेको यस निर्णय बारेमा जानकारी दिएका हुन्।
उनले भने– ‘आज मैले एउटा निर्णय मन्त्रिपरिषद्बाट गराएको पनि छु। सबै मन्त्रीहरूले प्रत्येक दिन गरेको कामको ब्रिफिङ प्रधानमन्त्रीलाई बेलुका गर्नुपर्ने। त्यसले अब सबैलाई तताउँछ भन्ने मेरो विश्वास छ। सबै मन्त्रालयलाई, त्यसपछि सबै सचिवहरूलाई र सबै कर्मचारीहरूलाई तताउँछ भन्ने मेरो विश्वास छ। हामी बल गर्दै छौँ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment