शुक्रबारको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

डिसी नेपाल
२३ चैत २०८० ६:५०

काठमाडाैं। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिक बदली देखि मुख्यतया मौसम सफा रहेको छ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिकदेखि मुख्यतया सफा रहने छ।

कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरू साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, आज राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ।

कोशी,गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *