नेपाल टेलिकमकाे कपर प्रविधि बन्द गरी फाइबर सेवा

डिसी नेपाल
२३ चैत २०८० ७:४६

काठमाडौं। नेपाल टेलिकमले दूरसञ्चार कार्यालय सुनधाराको क्षेत्राधिकार भित्र पर्ने सम्पूर्ण स्थानहरूमा सञ्चालित पुरानो कपर प्रविधिमा आधारित आधारभूत टेलिफोन (पिएसटिएन) सेवालाई फाइबर टू दी होम (एफटिटिइच) प्रविधिमा स्तरोन्नति गरेको छ।

बिहीबार दूरसञ्चार कार्यालय सुनधारामा आयोजित एक कार्यक्रममा प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल)ले कपर प्रविधिको टेलिफोन सेवाको स्विच अफ गरी यो सेवा बन्द गरेका हुन् ।

कपर प्रविधिबाट वितरित टेलिफोन तथा ए.डि.एस.एल. लाईनहरु पूर्ण रुपमा आधुनिक फाइबर प्रविधिका (एफटिटिइच) नेटवर्कमा माइग्रेसन कार्य सम्पन्न गरी कपर नेटवर्क बन्द गरिएको हो ।

उक्त कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल)ले टेलिकम क्षेत्रमा प्रविधि रूपान्तरण आवश्यक रहेकोले त्यसैको निरन्तरता तथा समयको माग अनुरूप पुरानो कपर प्रविधिलाई आधुनिक फाइबर प्रविधिमा रूपान्तरण गरिएकोमा खुसी व्यक्त गरे ।

(एफटिटिइच) प्रविधिमा माइग्रेसन भइसकेपछि ग्राहकले अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत एउटै तारबाट तीव्र गतिको इन्टरनेट, टेलिफोन र टेलिभिजन सेवा समेत प्राप्त गर्न सक्ने भएकोले यो सेवा ग्राहकहरूका लागि फलदायी हुने कम्पनीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *