नेपाल आइडल विजेता रवि ओडविरुद्ध आफ्नै श्रीमतीले हालिन् बलात्कार मुद्दा, पक्राउ पुर्जी जारी

डिसी नेपाल
२३ चैत २०८० ११:२०

काठमाडौं । गायन रियालिटी शो नेपाल आइडलका विजेता समेत रहेका गायक रवि ओडविरुद्ध आफ्नै श्रीमतीले वैवाहित बलात्कारको मुद्दा दायर गरेकी छिन् ।

श्रीमतीले आफ्नै श्रीमानले आफूलाई बलात्कार गरेको उजुरी आएपछि कारवाही अगाडि बढाइएको कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका इन्सपेक्टर पुष्कर पन्तका अनुसार उजुरी आएपछि प्रहरीले कारवाही अगाडि बढाएको छ ।

कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत रविकी श्रीमतीले वैवाहिक बलात्कारसम्बन्धी जाहेरी दिएकी हुन् । उजुरीपछि रविविरुद्ध पक्राउ पुर्जी पनि जारी भएको बताइएको छ । श्रीमतीको मेडिकलको प्रक्रिया भइरहेको र अनुसन्धान सुरु भइसकेको प्रहरीले बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *