सुनसरीका केही स्थानमा आज पनि कर्फ्यु यथावत

डिसी नेपाल
२५ चैत २०८० ९:३८

सुनसरी। जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोसी गाउँपालिकामा कर्फ्यु आदेश जारी गरेपछि त्यस क्षेत्रमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

कर्फ्यु आज विहान १० वजे सम्मकालागी यथावत रहेको छ। अवस्था हेरी पुनः समय सिमा तोकिने जिल्ला प्रशासन कार्यालय सुनसरीले जानकारी दिएको छ।

सुनसरी दक्षिण वर्ती क्षेत्र भुटाहामा दुई समूहबिचको झडपले उग्र रूप लिएपछि चैत्र २३ गते साँझ ५ बजे देखि लागू हुने गरी पाँच पालीकामा अनिश्चीतकालीन कर्फ्यु लगाइएको थियो। अहिले भुटाहा बजार क्षेत्रमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

कर्फ्युको समयमा पूर्व पश्चिम महेन्द्र राजमार्ग भएर आवतजावत गर्ने सवारी साधनलाई निगरानी तथा चेकजाँच गरेर चल्न दिइएको छ भने बजार क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

सुनसरीमा देखिएको पछिल्लो घटनाक्रमलाइ शान्त पार्न जिल्ला प्रशासन कार्यालय सुनसरीको पलहलमा बसेको सर्वपक्षिय सर्वदलिय वैठकले संयुक्त अपिलको आह्वान गरेको छ।

स्थानिय प्रशासनको कडाइका बीचसमेत स्थानियले प्रदर्शन गरेका छन् भने ठाउँठाउँमा टायर बालेर विरोध प्रर्दशन गरिरहेका छन्। प्रदर्शनकारीले हरिनगरगाउँपालिका तोडफोड समेत गरेका छन्।

हरिनगराको भुटहामा भएको झडपमा प्रहरीले ८० राउन्ड हवाई फायर गरेको र ४० सेल अश्रुग्यास प्रहार गरेपछि प्रदर्शनकारी झनै उग्र बन्दै गएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *