डोल्पामा आगलागीबाट तीन बालबालिका घाइते

डिसी नेपाल
२९ चैत २०८० २३:३५
8
Shares

डोल्पा। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा परेर तीन बालबालिका गम्भीर घाइते भएका छन्। गाउँ नजिकैको वनमा लागेको आगलागीमा परेर आज एउटै घरका दाजुभाईसहित तीन बालबालिका घाइते भएका हुन्।

घाइते हुनेमा कक्षा ४ मा पढ्ने १२ वर्षीय विवस बुढा, १३ वर्षीय समन्त बुढा र १० वर्षीय सुरज बुढा रहेको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए। दिउँसो वनमा गुच्ची च्याउ टिप्न गएको बेला उनीहरु आगलागीमा परेका थिए। घाइते तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ। उनीहरुको डोल्पामा उपचार सम्भव नभएकाले काठमाडौं लैजानुपर्ने जिल्ला अस्पतालले जनाएको छ।

त्रिपुरासुन्दरी नगरपालिकाले अस्पताल लैजान हेलिकप्टरको व्यवस्थाका लागि पहल गरिरहेको प्रमुख प्रशासकिय अधिकृत जगदीशचन्द्र नेपालीले जानकरी दिए। सुर्खेतबाट उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर खराब मौसमका कारण डोल्पा आउन नसकेको उनले बताए। डोल्पामै गत मंगलबार ठूलिभेरी नगरपालिका–४ स्थित मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार सैनिकमध्ये तीन जनाको मृत्यु भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *