ह्वात्तै घट्याे सुनको मूल्य

डिसी नेपाल
२ वैशाख २०८१ ११:४८
472
Shares

काठमाडौं स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोला दुई हजार दुई सयले घटेर एक लाख ३६ हजार आठ सय कायम भएको छ।

त्यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला दुई हजार दुई सयले घटेर एक लाख ३६ हजार एक सय ५० कायम भएको छ।

महासंघका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ५० ले घटेर रु एक हजार सात सय कायम भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *