रोमानियाबाट रेमिट्यान्स पठाइ हरेक हप्ता दश र बम्परमा एक लाख जित्ने मौका

डिसी नेपाल
३ वैशाख २०८१ ७:४९

काठमाडौं।नयाँ वर्षसँगै रोमानियाबाट Smith and Smith मार्फत बैंक खाता, इसेवा वालेट वा नगदमा रेमिट्यान्स पठाइ हप्तै पिच्छे १० हजार र बम्परमा एक जनाले रु. एक लाख जित्न पाइने योजना सार्वजनिक भएको छ। ईसेवा मनी ट्रान्सफरले १३ अप्रिलदेखि १५ जुलाईसम्मलाई यो योजना ल्याएको हो।

ईसेवाका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले यो योजना बारे बोल्दै भनेका छन्, ‘ग्राहकहरुको अनुभव अभिवृद्धि गर्न थुप्रै योजनाहरु जारी गर्दै सजह सेवा प्रदान गर्न प्रतिबद्धता छौं। Smith and Smith को साझेदारीमा यो योजना सुचारू भएसँगै अब रोमानियामा बसिरहेका नेपालीहरुले ईसेवा मनी ट्रान्सफर मार्फत सहज रुपमा नेपाल पैसा पठाई अफर को फाइदा लिन सक्नुहुनेछ।’

ईसेवा मनी ट्रान्स्फरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ ।

ईसेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरुलाई आफ्ना १३ हजार आठ भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ईसेवा मनि ट्रान्सफर, देशभरका दुई करोड भन्दा बढी जनसंख्या र १२ लाख भन्दा बढी साना तथा मझौला उद्योगहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *