प्रभु इन्स्योरेन्सको वैशाख २० गते एजिएम, यस्ता छन् एजेण्डा

डिसी नेपाल
३ वैशाख २०८१ १०:१७

काठमाडौं। प्रभु इन्स्योरेन्सको वैशाख २० गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, प्रभु इन्स्योरेन्सको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स, तीनकुने काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

इन्स्योरेन्सले सेयरधनीहरुका लागि लाभांश सम्बन्धि प्रस्ताव पनि पेश गर्ने छ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन हुनेछ । यस्तै, सभामा चुक्ता पुँजी २ अर्ब ५० करोड पुर्याउन हकप्रद सेयर निष्काशन गर्ने वा अन्य विकल्प भए सोही बमोजिम कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ ।

साधारण सभा प्रयोजनका लागि वैशाख ७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, वैशाख ६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *