प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगे वरिष्ठ नेता खनाल

डिसी नेपाल
४ वैशाख २०८१ ९:०४

काठमाडौं। एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका छन् ।

सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्तिलाई लिएर सत्ता गठबन्धनमै खटपट भइरहेका बेला एकीकृत समाजवादीका नेता खनाल बालुवाटार पुगेका हुन् ।

पूर्वसहमतिअनुसार सुदूरपश्चिममा मुख्यमन्त्री नपाएको भन्दै एकीकृत समाजवादीले कांग्रेससँग सहकार्य गरेर नागरिक उन्मुक्तिका लक्ष्मण चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेको थियो ।

एकीकृत समाजवादीले यस अघि सत्ता समीकरणमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री आफुलाई दिने सहमति भएको भएपनि अहिले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई दिएको भन्दै असन्तुष्ट रहेको छ ।

सुदूरपश्चिममा एकीकृत समाजवादीले केन्द्रको समीकरणको विपरित कांग्रेससहितको समर्थनमा नाउपाकै रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीलाई समर्थन गरेपछि सत्ता समीकरण नै तरंगित बनेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *