प्रभु बैंकको पोखरास्थित नयाँगाउँमा ३०२ औं शाखा स्थापना
काठमाडौं। प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा वैशाख ३ गतेदेखि पोखरा महानगरपालिका-१५ स्थित नयाँगाउँमा आफ्नो ३०२ औं शाखा सञ्चालनमा ल्याएको छ। बैंकको नयाँगाउँ शाखा कार्यालयको उद्घाटन बैंकको गण्डकी प्रदेश व्यवसाय केन्द्र अधिकृत शान्ति शेरचन गौचनले गरिन्।
बैंकको नयाँगाउँ शाखा कार्यालयको उद्घाटन गर्दै शान्ति शेरचन गौचनले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको बताइन्।
प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभइ समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउँदै शाखालाई सफलताको शुभकामना व्यक्त गरिन्। बैंकको नयाँगाउँ शाखा कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत सर्वसाधारणको उपस्थिति थियो।
बैंकको नयाँगाउँ शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारण, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ।
प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment