महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन

डिसी नेपाल
४ वैशाख २०८१ १३:४९

काठमाडौं। संसदीय सुनुवाई समितिले महालेखा परीक्षकमा प्रस्तावित तोयम रायाको नाम सर्वसम्मतले अनुमोदन गरेको छ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले महालेखा परीक्षकमा प्रस्तावित रायाको संसदीय सुनुवाई गर्दै उनको नाम सर्वसम्मतले अनुमोदन गरेको हो। संवैधानिक परिषद्ले चैत्र १८ गते रायाको संसदीय सुनुवाईका लागि समितिमा पत्र पठाएको थियो।

त्यसपछि समितिले रायाविरुद्ध उजुरी आह्वान गर्दा एकमात्र उजुरी परेको थियो। प्राप्त उजुरी र सूचनाका आधारमा संसदीय सुनुवाई पछि रायालाई नियुक्तीका लागि सर्वसम्मतले अनुमोदन गरिएको समिति सभापति पशुपतिशम्भेर जवराले जानकारी दिए।

त्यसअघि संसदीय सुनुवाईका क्रममा रायाले भावी कार्ययोजनाका बारेमा समितिमा जानकारी गराएका थिए। उनले लेखापरिक्षणबाट औल्याएका बिषयहरुलाई एकरुपता ल्याउनुपर्ने, सूचना प्रविधिको अधिकतम प्रयोग गर्नुपर्ने बताए।

समयमा नै लेखा परिक्षण हुन नसकेका निकायहरुलाई तत्काल लेखा परिक्षणको दायरामा ल्याउनुपर्ने उनले बताए। उनले बेरुजुको बिषयमा प्रदेशहरुसंग छलफल गर्न देखिएका समस्या समाधान गर्नुपर्ने औल्याए। जेष्ठमा टंकमणि शर्मा दंगालको कार्यकाल सकिएपछि महालेखापरीक्षकको पद लामो समयदेखि रिक्त रहँदै आएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *