कति छ आज सुनको मूल्य ?
काठमाडौं। नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य स्थिर रहँदै मंगलबारकै १ लाख ३९ हजार २०० मा कारोबार भएको छ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भएको छ।
यसअघि सोमबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ५०० रुपैयाँ किनबेच भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको मुल्य भने घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment