नेविसंघद्वारा गृहमन्त्री लामिछानेको पुत्ला दहन

डिसी नेपाल
५ वैशाख २०८१ १९:५७
56
Shares

काठमाडौं। उपप्रधान एव गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नेपाल विद्यार्थी संघ(नेविसंघ)ले प्रदर्शन गरेको छ।

सहकारी प्रकरणमा छानविनका लागि मार्गप्रसस्त गर्नुपर्ने र राजीनामा दिनुपर्ने भन्दै नेविसंघले काठमाडौंको प्रदर्शनीमार्गस्थीत आरआर क्याम्पस अगाडी मशाल जुलुस सहित प्रदर्शन गरेका हुन्। सो क्रममा उनीहरुले रवि लामिछानेको पुत्ला दहन समेत गरेका छन्। सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो।

प्रदर्शनका क्रममा उनीहरुले गृहमन्त्री राजीनामा दे, सहकारी गठीको अनुसन्धान गर्नुपर्ने लगाएका नारा लगाएका थिए । सहकारी प्रकरणमा अनुसन्धानका लागि संसदीय छानबिन समिति गठन गर्दा पनि सरकारले नमानेको र सरकारले सहकारी ठगहरुलाई जोगाउन खोजिएको भन्दै आन्दोलन गर्नुपरेको नेविसंघ अनुराज शाहले बताए।

नेविसंघले लामिछानेमाथि अनुसन्धान नभएसम्म निरन्तर प्रदर्शन गर्ने जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *