आज कुन देशकाे मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री

डिसी नेपाल
६ वैशाख २०८१ ७:३६

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

त्यस्तै, अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ९३ पैसा र बिक्री दर १४२ रुपैयाँ ५७ पैसा रहेको छ।

आज बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ १४ पैसा र बिक्री दर १६६ रुपैयाँ ८९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ७० पैसा र बिक्रीदर ८६ रुपैयाँ ०९ निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ६१ पैसा र बिक्रीदर ८६ रुपैयाँ थियो।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ। हिजो पनि कुवेती दिनार यही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३३ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३४ पैसा थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *