लुम्बिनीमा एमालेबाट कोको बन्दैछन् मन्त्री ?

डिसी नेपाल
६ वैशाख २०८१ ११:३८

बुटवल। नेकपा एमालेबाट लुम्बिनी प्रदेश सरकारमा पाँच जना मन्त्री बन्ने भएका छन् ।

सरकारको भागबण्डामा एमालेले पाँच मन्त्रालय पाएको हो। त्यस्तै माओवादी केन्द्रले मुख्यमन्त्रीसहित तीन मन्त्रालय पाउने सहमति भएको छ । त्यस्तै नाउपा, जसपा र स्वतन्त्र सांसदले एक-एक मन्त्रालय पाउने भएका छन्।

यसैबीच एमालेले सरकारमा पठाउने पाँच मन्त्रीको नाम टुंगाएको छ। एमालेबाट  चेतनारायण आचार्य यसअघि नै मन्त्री रहेका छन् र उनले अर्थ मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्। त्यस्तै भूमिश्वर ढकालले सहरी विकास, दिनेश पन्थीले गृह, अर्जुनकुमार केसीले सामाजिक विकास र रत्न खत्रीले वन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्।

मुख्यमन्त्री जोखबहादुर महराले आजै ११ सदस्यीय मन्त्रिपरिषद बनाउदै छन् र बेलुकी ५ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *