मधेश प्रदेशका तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ
जनकपुरधाम। मधेश प्रदेशका नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन्।
बिहिबार नियुक्त भएका ३ मन्त्रीले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका छन् भने राज्यमन्त्रीले मुख्यमन्त्री यादवबाट सपथ ग्रहण गरेका छन्।
चौथो पटक विश्वासको मत लिएपछि मुख्यमन्त्री सरोजकुमार यादवले यादवले तीन मन्त्री र एक राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद्को विस्तार गरेका हुन्।
नवनियुक्त मन्त्रीहरुमा भरत प्रसाद साह बिना विभागीय, युवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटन, बेची लुंगेली विनाविभागीय मन्त्रीको जिम्मेवारी प्राप्त गरेका छन् भने शारदा थापा गृह, सञ्चार तथा कानून मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी प्राप्त गरेका छन्।
साह र भट्टराई नेकपा माओवादी केन्द्रका हुन् भने लुंगेली एकीकृत समाजवादी र थापा नेकपा एमाले प्रदेश सभा सदस्य हुन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment