सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

डिसी नेपाल
६ वैशाख २०८१ १७:३२

धनगढी। एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई बिहिबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

सोडारीले आजै माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादीको समर्थनसहित प्रदेश प्रमुख मियाँ समक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए। प्रदेशमा बहुमतका लागि २७ सांसद आवश्यक पर्दछ।

सुदूरपश्चिममा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेशसभा सदस्य छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *