लुम्बिनीका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

डिसी नेपाल
६ वैशाख २०८१ १७:४७

बुटवल। लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। एक कार्यक्रमका बीच प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त ७ जना मन्त्रीहरुलाई शपथ गराएका हुन्।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले गत चैत्र २३ गते आफू नियुक्त भएपछि दोस्रो पटक मन्त्रीपरिषद बिस्तार गर्दै सरकारलाई पूर्णता दिएका छन्। उनले ११ सदस्यीय मन्त्रिपरिषद बनाएका छन् । जसमा चेतनारायण आचार्यलाई अर्थमन्त्री, दिपेन्द्र पुनलाई स्वास्थ्य, भण्डारीलाल अहिरलाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यसैगरी दिनेश पन्थी, खड्ग बस्नेत, धर्मबहादुर चौधरी, अर्जुनकुमार केसी, भुमिश्वर ढकाल, रत्न क्षेत्री र भगवती अधिकारीलाई बिना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *