पाँच सांसदले प्रदेश प्रमुखलाई बुझाए सोडारीलाई नाउपाको समर्थन नरहेको पत्र

डिसी नेपाल
६ वैशाख २०८१ १८:३७

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सुदूरपश्चिम प्रदेशका पाँच सांसदहरूले दीर्घ सोडारीलाई आफुहरुको समर्थन नरहेको बताएका छन् । प्रदेश प्रमुख नजिर मियाँलाई एक पत्र बुझाउदै नाउपाका पाँच सांसदले आफुहरुको सोडारीलाई समर्थन नरहेको जानकारी गराएका हुन् ।

पत्रमा उनीहरुले सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्दा नाउपाका कैलाश चौधरी र टिका थापाको हस्ताक्षर प्रयोग गरेको भन्दै यो गैरसंवैधानिक, गैरकानुनी भएको स्पष्ट गरेका छन् । पत्रमा सुदूरपश्चिममा नाउपाको संसदीय दलको नेता घनश्याम चौधरी रहेको भन्दै दुई सांसदको हस्ताक्षर मान्य नहुने बताएका छन् ।

पत्रमा लक्ष्मणकिशोर चौधरी, घनश्याम चौधरी, इन्दिरा गिरी, रामेश्वर चौधरी, खुसीराम चौधरीले हस्ताक्षर गरेका छन् । उनीहरू पाँचैजना नाउपाका संरक्षक रेशम चौधरी निकट हुन् । नाउपा भित्रको विवादका बीच आजै प्रदेश प्रमुख मियाँले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरिसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *