सुदरपश्चिमका मुख्यमन्त्रीले लिए शपथ

डिसी नेपाल
६ वैशाख २०८१ २१:०७

धनगढी। सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहिबार मुख्यमन्त्री पदमा नियुक्त भएका सोडारीले बिहिबार नै शपथ लिएका हुन्। उनलाई प्रदेश प्रमुख नजिर मियाँले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। सोडारीले माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादीको समर्थनसहित प्रदेश प्रमुख मियाँ समक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए।

तर नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सुदूरपश्चिम प्रदेशका पाँच सांसदहरूले दीर्घ सोडारीलाई आफुहरुको समर्थन नरहेको बताएका छन्। प्रदेश प्रमुख नजिर मियाँलाई एक पत्र बुझाउदै नाउपाका पाँच सांसदले आफूहरुको सोडारीलाई समर्थन नरहेको जानकारी गराएका हुन्।

पत्रमा उनीहरुले सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्दा नाउपाका कैलाश चौधरी र टिका थापाको हस्ताक्षर प्रयोग गरेको भन्दै यो गैरसंवैधानिक, गैरकानुनी भएको स्पष्ट गरेका छन्। पत्रमा सुदूरपश्चिममा नाउपाको संसदीय दलको नेता घनश्याम चौधरी रहेको भन्दै दुई सांसदको हस्ताक्षर मान्य नहुने बताएका छन्।

पत्रमा लक्ष्मणकिशोर चौधरी, घनश्याम चौधरी, इन्दिरा गिरी, रामेश्वर चौधरी, खुसीराम चौधरीले हस्ताक्षर गरेका छन्। उनीहरू पाँचैजना नाउपाका संरक्षक रेशम चौधरी निकट हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *