जरिवाना तिर्न काठमाडौं महानगरको राप्रपालाई पत्र
काठमाडौं। काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जरिवाना तिराउने निर्णय गरेको छ।
गत चैत २७ गते राप्रपाले गरेको काठमाडौं जनप्रदर्शनको क्रममा महानगरको विभिन्न क्षेत्र फोहोर गरेको र ट्राफिक आइल्यान्डमा क्षति पुर्याएको भन्दै महानगरले जरिवाना तिराउने निर्णय गरको हो।
काठमाडौं महानगरले राप्रपालाई फोहोरमैला ऐन २०६८ को दफा ३९ अनुसार ५ हजार जरिवाना र स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ९७ अनुसार आन्दोलनका क्रममा ट्राफिक आइल्याण्ड मर्मतका लागि २ सय २२ रुपैयाँ ८१ पैसा लागेकाले सोही अनुरूप जरिवाना गरेको जनाएको छ।
महानगरको बैंक खाता समेत उल्लेख गरेर सो अनुसारको जरीवाना तिर्न महानगरले राप्रपालाई पत्र पठाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment