एमाले महाधिवेशन प्रतिनिधि परिषदको बैठक सुरु
काठमाडौं। नेकपा(एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको प्रथम बैठक ललितपुरको गोदावरीमा आजदेखि सुरु भएको छ ।
पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षतासहित राजनीतिक प्रतिवेदन प्रस्तुत गरी बैठकको शुभारम्भ गरे।
महाधिवेशन पछिको दोस्रो ठूलो निकायका रुपमा रहेको यस बैठकले राजनीतिक, सांगठनिक, केन्द्रीय निकायका प्रतिवेदन प्रस्तुत गरी पारित गर्नेछ।
बैठकमा करिब दुई हजार पाँच सय सहभागी छन्। बैठक भोलिसम्म सञ्चालन हुनेछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment