प्रमुख दलहरुको ध्यान सत्तामा मात्रै केन्द्रीत भयोः भीम रावल

डिसी नेपाल
८ वैशाख २०८१ १७:१३
20
Shares

काठमाडौं। पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले देशका प्रमुख दलहरुको ध्यान सत्तामा मात्रै केन्द्रीत रहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रावलले संविधानको कार्यान्वयनका लागि आवश्यक कानून नै बनाउन नसकेको र दलहरुको ध्यान सत्तामा मात्रै केन्द्रीत रहेको बताएका हुन्। उनले कम्युनिष्ट पार्टीले सरकारको नेतृत्व गर्दा पनि नेपालको संविधानमा उल्लेखित समाजवाद उन्मुख प्रणालीको रुपरेखा समेत ल्याउन नसकेको जिकिर गरे।

त्यस्तै संविधानमा राष्ट्रिय स्वतन्त्रताको व्याख्या गरेपनि त्यसलाई कार्यान्वयनमा ल्याउन समेत कानून बनाउन नसकेको उनले बताए। उनले अवस्थामा कम्युनिष्ट पार्टीको नेतृत्व गर्नेले कम्युनिष्ट विरोधीहरुसँग साँठगाँठ गर्दैन भनेर परिकल्पना गर्ने स्थीति नै नबनेको धारणा राखे।

देश र जनताको गम्भीर समस्याका बारेमा परामर्श नगर्ने तर प्रतिक्रियावादी भनिएकाहरुसँग राज्यबाट लाभ र सुविधा भागबण्डा गर्न सक्रिय रहेर अवसरवादी क्रियाकलाप देखिएको रावलले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *