फोनपेले सुरु गर्‍यो नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जाल

डिसी नेपाल
९ वैशाख २०८१ २१:१५

ललितपुर। फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात गरेको छ ।

डोमेस्टिक क्रेडिट कार्ड सञ्जाल अन्र्तगत यस संस्थाले नेपालमा पहिलो पटक पुर्णरुपमा डिजिटल क्रेडिट कार्डको सुरुवात सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड संगको सहकार्यमा सुरुवात गरेको जनाएको छ ।

नेपालका बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई फोनपे कार्ड स्कीम अन्र्तगत रहि पुर्णरुपको डिजिटल क्रेडिट कार्ड आफ्नो मोबाइल बैंकिङ एप मार्फत उपलब्ध गराउन सक्नेछन्।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड यस्तो कार्ड जारी गर्ने नेपालको पहिलो बैंक भएको छ। सिटिजन्स बैंकका ग्राहकहरुले यसक्रेडिट कार्डको सुविधासिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमार्फत लिन सकिने जनाएको छ।

नेपाल राष्ट्र बैंकले परिकल्पना गरेको नेपालको आफ्नै डोमेष्टिक कार्ड सिस्टम परियोजनाअन्र्तगत नेपाल राष्ट्र बैंकबाट यस संस्थालाई प्राप्त अनुमति बमोजिम फोनपे क्रेडिट कार्ड स्कीम सञ्चालनमा ल्याउन लागिएको हो।

यस फोनपे क्रेडिट कार्डले नेपालको कार्ड भुक्तानीउद्योगलाई पुनः परिभाषित गर्ने विश्वास फोनपेले लिएको छ । उक्त क्रेडिट कार्ड पुर्णरुपमा डिजिटल अनबोर्डिङ्ग र जारी हुने तथा हाल फोनपे क्युआरमा आबद्ध करिब १४ लाख व्यावसायीहरुको स्थानहरुमा निर्बाध रुपमा प्रयोग गर्न सकिने फोनपेले जनाएको छ ।

फोनपेका सीईओ दिवस कुमारले भने, “हामीले नेपालमाभुक्तनीको नयाँ उपकरणको रूपमाक्अजझभ प्रस्तुत गर्न पाउँदाउत्साहित छौं । यसको सजिलो पहुँच र बलियो सुरक्षा सुविधाहरूको साथ, यो सेवाद्वारा ग्राहकहरूले आफ्नो वित्तीयव्यवस्थापन र कारोबार सञ्चालनगर्नेतरिकालाई पुनः परिभाषितगर्नेविश्वास लिएका छौं ।”

कुमारले अगाडि भने, “फोनपेको ततर्फबाट नेपालको आफ्नै डोमेष्टिक कार्ड सिस्टम सुचारु गर्न अनुमति प्रदान गरि आवश्यक निर्देशन दिई सहयोग तथा दिशानिर्देश गरिदिने नियामक निकाय नेपाल राष्ट्र बैंकलाई हार्दिक धन्यवाददिन चाहन्छौं । साथै, आफ्नाग्राहकहरुलाई अत्याधुनिक सुविधाउपलब्ध गराउन यस कार्ड सिस्टम अन्र्तगतको नेपालको पहिलो भर्चुअल क्रिेडिट कार्ड जारी गर्ने सिटिजन्स बैंकलाई बधाई दिन चाहन्छौं।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *