मन्त्रिपरिषद बैठक जारी, बैठकपछि प्रधानमन्त्री प्रचण्ड एमालेको कार्यक्रममा जाने
फाइल फाेटाे
काठमाडौं। मन्त्रिपरिषद बैठक जारी रहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसिरहेको सो बैठकले मुख्यतः अर्को साता सुरू हुन लागेको लगानी सम्मेलनका लागि आवाश्यक कानुन संसोधनका लागि केही अध्यादेश जारी गर्ने बारेमा छलफल गर्ने बुझिएको छ।
आजको बैठकमा प्रधानमन्त्रीले बिभिन्न नियुक्तिहरूका बारेमा पनि छलफल गर्नेछन्।
सो बैठक पछि प्रधानमन्त्री प्रचण्ड सत्ताका प्रमुख सहयोगी नेकपा एमालेले आयोजना गरेको बिशेष कार्यक्रममा सहभागी हुनका लागि जानेछन्। जहाँ पूर्व राष्ट्रपति बिधादेवी भण्डारीलाइ पहिलो पटक ‘गणतन्त्रको गौरव’ सम्मान गरिँदैछ।
जहाँ प्रधानमन्त्री प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत उपस्थित हुँदैछन्। जुन कार्यक्रम अपरान्ह १२ बजेवाट सुरू हुँदैछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment