सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो?

डिसी नेपाल
१० वैशाख २०८१ ११:१०
116
Shares

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा ११ सयले घटेर १ लाख ३८ हजार २०० मा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि आइतबार छापावाल सुन तोलाको एक लाख ३९ हजार ३ सयमा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३८ हजार ६५० मा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदीको मुल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १७ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ। यस अघि आइतबार चाँदी तोलाको १७ सय ४० मा कारोबार भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *