देउवाको एमालेलाई प्रश्न-मदन भण्डारीको हत्यारा किन नखोजेको ?
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता किन नलगाएको भन्दै एमालेसँग प्रश्न गरेका छन्।
एमालेले आयोजना गरेको नेकपा हीरक महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसलाई गाली गरिएको भन्दै आक्रोशित हुँदै विद्यादेवी भण्डारी दुई पटक राष्ट्रपति भएको र एमालेका नेताहरु पटक पटक प्रधानमन्त्री भएपनि मदन भण्डारीको मृत्यु किन भयो भन्ने किन छानबिन नगरेको भन्दै प्रश्न गरेका हुन्।
उनले कांग्रेसलाई गाली गरेपनि यो प्रश्न एमाले तिर नै तेर्सिएको बताएका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment