सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

डिसी नेपाल
११ वैशाख २०८१ १२:४१

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २७ सयले घटेर १ लाख ३५ हजार ५०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाल सुन तोलाको एक लाख ३८ हजार २ सयमा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३७ हजार ५५० मा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदीको मुल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला १६ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। यस अघि सोमबार चाँदी तोलाको १७ सय ५ मा कारोबार भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *