कतार र नेपालका प्रतिनिधिमण्डलबीच भेटवार्ता

डिसी नेपाल
१२ वैशाख २०८१ ११:०४

काठमाडौं। नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र नेपालको प्रतिनिधिमण्डलबीच आज भेटवार्ता भएको छ।

कतारी अमिर र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको द्विदेशीय प्रतिनिधिमण्डलबीच सोल्टी होटलमा भएको वार्तामा नेपाल(कतार सम्बन्धका समग्र पक्षमा विचारविमर्श हुनका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। वार्तापछि उनीहरूको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ।

कतारी अमिरको सम्मानमा प्रधानमन्त्री दाहालले दिवाभोजको आयोजना गरेका छन्। कतारका अमिर थानी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा हिजो अपराह्न यहाँ आइपुगेका हुन्। कतारी विशिष्ट अतिथि आजै १२ः४०मा काठमाडौंबाट स्वदेश प्रस्थान गर्ने कार्यक्रम छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *