स्वदेश फर्किए कतारी राजा थानी

डिसी नेपाल
१२ वैशाख २०८१ १३:३०

काठमाडौं। दुई दिने नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी आज स्वदेश फर्किएका छन्। कतारी अमिरलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र पौडेल त्रिुभवन विमानस्थलमा पुगेका छन्।

मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनलाई विमानस्थलमा राष्ट्रपति पौडेलले नै स्वागत गरेका थिए। उनले हिजै राष्ट्रपति पौडेलसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। उनले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेपछि नेपाल कतारबीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ।

कतारका अमिर थानी र प्रधानमन्त्री दाहालबीच आज सोल्टी होटलमा भएको द्विपक्षीय भेटवार्तापछि उनीहरुको उपस्थितिमा कला र संस्कृतिका क्षेत्रमा सहकार्य, नेपाल र कतारका सरकारी समाचार एजेन्सीबीच समाचार आदानप्रदान तथा शिक्षाका क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *