नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती

डिसी नेपाल
१३ वैशाख २०८१ ११:४०

काठमाडौं। नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त टोलीले गस्ती गरेको छ।

बुधबार नेपाल र मित्र राष्ट्र चीनको सिमाना कोरला स्थित २४ नं पिलरदेखि पश्चिम २३ नम्बर पिलरसम्म प्रहरीको संयुक्त टोलीले गस्तो गरेको हो।

सीमाको करिब २ किमी क्षेत्रमा हुन सक्ने अपराधको नियन्त्रण तथा न्यूनिकरणको लागि इलाका प्रहरी कार्यालय लोमान्थाङ र चीनको लिजी प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले संयुक्त गस्ती गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *