उपनिर्वाचन : इलाममा ४२ र बझाङमा ३५ प्रतिशत मतदान

डिसी नेपाल
१५ वैशाख २०८१ १३:४५

काठमाडौं। इलाम-२ र बझाङमा उपनिर्वाचनको मतदान जारी रहेको छ।

अहिलेसम्म इलाम-२ मा ४२ प्रतिशत मतदान भएको छ भने बझाङ प्रदेश सभा-१ मा ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।

आयोगले इलाममा अहिलेसम्म ४९ हजार मत खसेको जानकारी दिएको छ।

आज बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म हुने आयोगले जनाएको छ। अहिलेसम्म मतदान शान्तिपूर्ण रुपमा संचालन भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *