बझाङमा सेनाको हेलिकप्टरबाट मतपेटिका संकलन गरिँदै

डिसी नेपाल
१६ वैशाख २०८१ ७:५१
12
Shares

काठमाडौं। बझाङको मतपेटिका संकलन कार्य जारी रहेको छ।

निर्वाचन आयोगका अनुसार शनिबार सम्पन्न बझाङ १(क) को प्रदेश सभाको निर्वाचनका मतपेटिका हेलिकप्टरबाट संकलन गर्नुपर्ने भएकाले समय लागेको छ।

आयोगका अनुसार बझाङको दुर्गमस्थलका मतपेटिका सेनाको हेलिकप्टरले १० बजेसम्म संकलन गरिसक्ने बताएको छ।

बझाङको मतगणना बझाङ जिल्ला अदालत चैनपुरमा गर्ने तयारी गरिएको छ। मतपेटिका संकलन गरेपछि मात्र गणना शुरु हुने आयोगले जनाएको छ।

६१ हजार ७ सय ४८ मतदाता रहेको बझाङ १(क) मा करिब ५० प्रतिशत मत खसेको आयोगले जनाएको छ । यसअघि २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा बझाङको यस क्षेत्रमा ५२.९८ प्रतिशत मतदान भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *