उपप्रधानमन्त्री यादव अमेरिका प्रस्थान

डिसी नेपाल
१६ वैशाख २०८१ ९:३९

काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गरेका छन्।

अप्रिल ३० देखि मे ३ तारिखसम्म युएन सेक्रेटरियट न्यूयोर्कमा हुने विश्व जनसङ्ख्यासम्बन्धी सम्मेलनमा नेपाल सरकारको प्रतिनिधिका रूपमा सहभागी हुन यादव शनिबार बेलुकी अमेरिका प्रस्थान गरेका हुन्।

मन्त्री यादव मे ७ तारिख स्वदेश फर्किने छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *