आज सुनको मूल्य कति पुग्यो?

डिसी नेपाल
१६ वैशाख २०८१ ११:०३
148
Shares

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेको छ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा ४ सयले बढेर १ लाख ३७ हजार ६०० मा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि शुक्रबार छापावाल सुन तोलाको एक लाख ३७ हजार २०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३६ हजार ५५० मा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदीको मूल्य भने घटेको छ। महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १६ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि शुक्रबार चाँदी तोलाको १६ सय ७५ मा कारोबार भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *